टाटाले वातावरणमैत्री ८ मोडलका गाडी ल्याउँदै



एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा भइरहेको मेगा मोबिलिटी शोमा भारतीय गाडी निर्माता कम्पनी टाटाले विभिन्न ८ वटा वातावरणमैत्री गाडीहरु प्रर्दशनीमा राखेको छ ।

दिल्लीमा भइरहेको प्रर्दशनीमा टाटाले आफ्ना नयाँ ८ गाडीहरु प्रर्दशनीमा राखेको जनाएको छ । जहाँ ५० भन्दा धेरै देशका ६ सयभन्दा बढी कम्पनीहरुले प्रदर्शनी गरिरहेका छन् । जसमा बिएमडब्ल्यु, फोर्स, होन्डा, हुन्डाई, महिन्दा, मर्सिडिज बेन्जलगायतका कम्पनीहरु रहेका छन् ।

टाटा मोटर्सले कर्व एसयुभि कूपेको उत्पादन मोडललाई सार्वजनिक गरेको छ । सँगै कम्पनीले ८ वटा वातावरणमैत्री गाडीहरु पनि ल्याएको जनाएको छ ।

टाटाले प्रदर्शनीमा राखेका गाडीहरुमा नेक्सन आईसिएनजि, न्यु सफारी डार्क एडिसन कन्सेप्ट, टाटा कर्व कन्सेप्ट, अल्ट्रोज रेसर कन्सेप्ट, टाटा सफारी, पञ्च इभी, नेक्सन इभी डार्क एडिसन र हेरियर इभी कन्सेप्ट रहेका छन् ।

टाटाले निकै परिस्कृत र अत्याधुनिक रहेका सुलभ मूल्यका वातावरणमैत्री अन्य १० गाडीहरु सार्वजिनक गरेको छ । यी गाडीहरुमा प्राइमा ५५३०.एस एलएनजी, प्राइमा एच.५५एस, प्राइमा ए.२८ के, अल्ट्रा इ.९, एस सिएनजि २.०, एस इभी, इन्ट्र बाय फ्युल, मेग्ना इभी, स्टारबस फ्युल सेल इभी र स्टारबस इभी रहेका छन् ।

टाटाले प्रदर्शनीमा पेश गरेको कर्व एसयुभि कूपे आईस भर्जन १.५ लिटरको ४ वटा सिलिन्डर डिजल इञ्जिनसहितको गाडी रहेको जनाएको छ । गाडीमा ११३ बिएचपिको क्षमता र २६० एनएमको पीक टर्क रहेको छ ।

टाटाकाअनुसार एक्टिव.इभी माध्यममा आधारित रहेको कर्व एसयुवीको विद्युतीय मोडल भने ५ सय किमि क्षमतासहित आउनेछ । १ फेब्रुअरीबाट चलेको प्रदर्शनी शनिबारसम्म चलेको थियो ।


क्लिकमान्डु