कारोबार रकमसहित घट्यो सेयर बजार



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजारमा सामान्य गिरावट आउँदा कारोबार पनि घटेको छ ।

यो दिन बजार मापन गर्ने सूचक ५.३१ अंकले घटेर २०६१.७० बिन्दु कायम भएको छ । ३०७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २२१ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ समूहको २.६८, होटल २७.७६, जलविद्युत १०.९५, जीवन बिमा ५७.४६, अन्य समूहको १८.६६ अंकले घटेको छ भने विकास बैंक २६.२५, निर्जीबन बिमा समूहको उपसूचक ५५.६० अंकले बढेको छ ।

कारोबारमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मोलुङ हाईड्रोपावर, समाज लघुवित्त, भगवती हाईड्रोपावर, किसान लघुवित्त वित्तीय संस्थाका सेयरधनीले कमाएका छन् भने महिला लघुवित्त वित्तीय संस्था, रावा इनर्जी डेभलपमेन्ट, नेपाल वयरिङ हाउसका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु