देउवापुत्र जयवीर गायिका शिवानासँग लगनगाँठो कस्दै, उपहार नल्याउन आग्रह




काठमाडौं । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरले आज गायिका शिवाना श्रेष्ठसँग विवाह गर्दै छन् । शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी हुन् ।

उनको विवाह बूढानीलकण्ठबाटै पारिवारिक जमघटकाबीच हुँदै छ भने । विवाहपछिको पार्टी भने भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने छ ।

उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको छ ।

देउवा परिवारले पठाएको निम्तापत्रअनुसार आर्मी अफिसर्स क्लबमा फागुन २ गते सोमबार भोजको आयोजना गरिएको छ । जसअनुसार निम्तालुलाई साँझ साढे ६ बजेदेखि साढे ८ बजेसम्म उपस्थित हुन भनिएको छ ।

विवाहमा आउने पाहुनालाई फूल माला, खादा र उपहार नल्याउन आग्रह विहेको निम्तोकार्डमै आग्रह गरिएको छ ।


क्लिकमान्डु