एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, पुँजी पुर्याउन हकप्रद ल्याउने



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश दिने र बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउन हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । गत आवको नाफाबाट ७.७५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

बोनस सेयरका लागि २४ करोड ४५ लाख ३५ हजार ७९० रुपैयाँ छुट्याएको कम्पनीले कर प्रयोजनका लागि नगद स्वरुप १ करोड २८ लाख ७० हजार ३०५ रुपैयाँ छुट्याएको छ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब १५ करोड ५३ लाख ५१७ रुपैयाँ रहेको छ । बोनस दिएपछि ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ हुनेछ ।

प्राधिकरणले तोकेको ५ अर्ब पुँजी पुर्याउन ४२ प्रतिशत अर्थात १ः०.४२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको यो निर्णय बिमा प्राधिकरणले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा जाने छ।


क्लिकमान्डु