सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो



काठमाडौं । आइतरबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको थियो । आइतबार प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख १८ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु