भारतले मोबाइल फोनका मुख्य कम्पोनेन्टहरूको आयात शुल्क घटायो



काठमाडौं । भारत सरकारले मोबाइल फोनको मुख्य भागको आयातमा भन्सार महशुल १५ प्रतिशतबाट १० प्रतिशतमा कटौती गरेको संघीय सरकारले बताएको छ ।

भारतीय अर्थ मन्त्रालयको राजस्व विभागले यससम्बन्धी आधिकारिक सूचना जारी गरेको हो । भन्सार महशुल घटाइएका वस्तुहरूमा स्क्रु, सिम सकेट, ब्याट्री कभर, मेन कभर, जीएसएम एन्टेना वा मोबाइल फोनका मेकानिकल वस्तुहरू समावेश छन्।

इण्डिया सेलुलर एण्ड इलेक्ट्रोनिक्स एसोसिएसन (आईसीईए) ले भारत र अन्य प्रमुख मोबाइल फोन उत्पादक देशहरूमा लगाइने आयात शुल्कमा ठूलो भिन्नता रहेको भन्दै संघीय सरकारसमक्ष प्रतिवेदन बुझाएपछि यो निर्णय गरिएको हो ।

आईसीईए प्रतिवेदनमा मोबाइल फोनका कम्पोनेन्टमा उच्च भन्सार महशुलले अन्तिम उत्पादनको मूल्य बढेको उल्लेख गरेको थियो । यो कदमलाई भारतको मोबाइल फोन उत्पादन सुविधाहरू थप प्रतिष्पर्धी बनाउन योग्य बनाउने बताइएको छ ।


क्लिकमान्डु