अन्नपूर्ण केबलकारको फागुन ११ गते साधारसभा हुँदै, आईपीओ निष्काशन गर्ने



काठमाडौं । पर्यटकीय नगर पोखरामा केबलकारको सुविधा दिँदै आएको अन्नपूर्ण केबलकारले फागुन ११ गते साधारण सभा गर्ने भएको छ । कम्पनीले शुक्रबार सूचना जारी गर्दै आगामी फागुन ११ गते साधारणसभा गर्ने भएको हो ।

कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० को वार्षिक साधारणसभा गर्ने निर्णय गरेको थियो । उक्त बैठकले समितिको वार्षिक प्रतिवेदनहरु तयार गर्ने र नाफा नोक्सान हिसाब खाता तथा नगद प्रवाह विवरण पारित गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, कम्पनीको बैठकले सार्वजनिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव गरेको छ । साथै, कम्पनीले आईपीओ सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने भएको छ ।


क्लिकमान्डु