साताभर सुनको मूल्य बढ्यो, चाँदीको घटबढ



काठमाडौं । यो साता सुनको मूल्य निरन्तर उकालो लागेको छ । एक साताको समीक्षा गर्दा आइतबारदेखि शुक्रबारसम्ममा प्रतितोला १५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघअनुसार यो हप्ताको सुरु अर्थात् आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम भएको थियो । त्यस्तै, सोमबार प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख १८ हजार ३ सय रुपैयाँ र मंगलबार पुनः ३ सय रुपैयाँले बढेर १ लाख १८ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, बुधबार एक सय रुपैयाँले बढेर १ लाख १८ हजार ७ सय रुपैयाँ र बिहीबार प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो सातामा सुनको मूल्य निरन्तर बढ्दा चाँदीको मूल्य भने घटबढ भएको पाइएको छ । गत आइतबार प्रतितोला चाँदीको मूल्य १४ सय रुपैयाँ कायम भएकोमा घटबढ भई शुक्रबार १४ सय १५ रुपैयाँ कायम भएको छ ।

महासंघअनुसार यो साता विश्व बजारमा सुनको मुल्यमा वृद्धि हुँदा नेपालमा पनि बढेको जनाएको छ । साताको पहिलो दिन देखि साता भर नै निरन्तर मुल्य बढेको छ । यो बर्ष मुल्यले थप नयाँ उचाई लिन सक्ने बिश्लेषकहरुको अनुमान रहेको महासंघको भनाइ छ ।

साताको पहिलो दिन देखि नै निरन्तर बढेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार सम्म बढेर शुक्रबार प्रति १० ग्राम १ लाख २ हजार ४ सय ५० कायम भयो ।

यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार १ हजार २ सयरुपैयाँ रहेको चाँदीको मुल्य साताको तेस्रो र चौथो दिन प्रति १० ग्राम १ हजार २ सय १७ रुपैयाँ ५० पैसा पुगेर अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार २ सय १३ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु