नारायणगढ-मुग्लिन सडक दिउँसो तीन साता बन्द हुने



फाइल

भरतपुर । नारायणगढ-मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ ।

सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो ।

आज जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको नागढु्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड-नारायणगढ-मुग्लिनका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उनले अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम गर्न लागिएको बताए ।

सो सडकमा बनाइनुपर्ने १९ पुलमध्ये चारवटा चार वर्षअघि निर्माण गरिएका थिए भने बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुल निर्माण थालिएको हो ।


क्लिकमान्डु