डीभी परेपछि अमेरिकी दूतावासमा नक्कली सर्टिफिकेट पेस गर्ने ४ जना पक्राउ



काठमाडौं । नक्कली सर्टिफिकेट बनाउने ४ जना पक्राउ परेका छन् ।

इलेक्ट्रोनिक डाइभरसिटी भिसा(ईडीभी) २०२३ को नतिजामा चिट्ठा परेपछि भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केही व्यक्तिहरुले भिसा प्रयोजनको लागि एसएलसी तथा १०+२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाइ पेस गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

अमेरिकी दूतावाससँगको समन्वयमा माघ १६ गते यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय कार्यालयबाट खटिएको बिशेष टोलीले खोजतलास गरी जिल्ला काठमाडौं महाराजगंजस्थित अमेरिकन दूतावासबाट विवेक उपाध्याय समेत ३ (तिन) जनालाई नक्कली सर्टिफिकेटसहित पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संजय महर्जन समेतको संलग्नता रहेको भन्ने खुल्न आएकोले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानहरूबाट पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धि कसुरमा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौं पठाइएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु