भारतले नेपाललाइ दिने अनुदान बढ्याे, भुटानले पायाे सबैभन्दा धेरै



काठमाडौं । भारतले नेपाललाई आर्थिक वर्ष २०२४/२५का लागि ११ अर्ब २० करोड रुपैयाँ (७ अर्ब भारु) विनियोजन गरेको छ।

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार आगामी आर्थिक वर्ष २०२४/२५को लागी बजेट सार्वजनिक गर्दै नेपालको लागि अनुदान बढाएकी हुन् ।

सीतारमणले भारतले नेपालका लागि चालु आर्थिक वर्षको लागि विनियोजन गरेको अनुदान रकम संशोधन गरी १० अर्ब ४० करोड रुपैयाँ (६ अर्ब ५० करोड भारु) पुर्‍याइन् । चालु आर्थिक वर्ष २०२३/२४ का लागि भारतले नेपाललाई ८ अर्ब ८० करोड (५ अर्ब ५० करोड भारु) विनियोजन गरेको थियो ।

आर्थिक वर्ष २०२२/२३ मा भारतबाट नेपालले ४ अर्ब ३४ करोड भारु अनुदान प्राप्त गरेको थियो ।

तर, विवादकाबीच पनि भारतले माल्दिभ्सलाई दिने अनुदान बढाएको छ ।

भारतले आव २०२४/२५ का लागि माल्दिभ्सलाई ६ अर्ब भारु अनुदान दिने जनाएको छ । जुन अघिल्ला वर्षका तुलनामा धेरै हो ।

सदाझैं भारतले छिमेकी मुलुकमध्ये भुटानमा सबैभन्दा धेरै अनुदान तथा ऋण उपलब्ध गराएको छ । आव २०२४/२५ का लागि भुटानले २० अर्ब ६८ करोड भारु पाउने छ । यसमध्ये ९ अर्ब ८९ करोड ऋण हो ।

भारतीय वित्त मन्त्री सीतारमण ने आफनो छैठौं बजेट पेस गर्दै भनिन्, “विगत १० वर्षमा भारतीय अर्थतन्त्रमा अभूतपूर्व परिवर्तन आएको छ ।“


क्लिकमान्डु