सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ७ सय रुपैयाँ कायम भएको थियो । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला बढेर १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम भएकोमा बिहीबार १० रुपैयाँले घटेर १४ सय १० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु