सहकारी ठगेर जेलमा रहेका कुमार रम्तेलसहित ८७ कम्पनीले तिरेनन् कर, राजस्वको ७ दिने अल्टिमेटम



काठमाडौं । आयकर तथा मूल्य अभिवृद्धि कर नतिर्ने ८७ वटा कम्पनीलाई आन्तरिक राजस्व कार्यालयले तिर्नका लागि ७ दिनको अल्टिमेटमा दिएको छ ।

राजस्व कार्यालय बानेश्वर शाखाले कम्पनीलाई सात दिनभित्र बक्यौता कर भुक्तान गर्न निर्देशन दिएको हो । करदाता सम्पर्कमा नआएपछि कार्यलयले सात दिने सूचना जारी गर्दै कर तिर्न निर्देशन दिएको हो ।

कार्यालयले माघ १२ गतेसम्म कर बुझाउन बाँकी रहेका कम्पनीहरुलाई सात दिनभित्र कर तिर्न निर्देशन दिएको हो । उक्त समयमा कर तिर्न नआउने कम्पनीलाई कार्यालयले आयकर ऐन २०५८, मूल्य अभिवृद्धि कर ऐन २०५२ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

आयकर ऐन, २०५८ को दफा १०३ देखि १११ सम्म र मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ को उपदफा १ बमोजिम कर तिर्न नआउने कम्पनीको मूल कम्पनी अथार्त मूल साझेदार व्यक्ति समेतबाट बक्यौता रकम असुल उपर गर्न कानुनी कारबाही अगाडि बढाउने सूचनामा जनाइएको छ ।

साढे ५५ लाख भ्याट नतिरेपछि ठगी प्रकरणमा हाल पक्राउ परेका पोखराको सूर्यदर्शन सहकारी संस्थाका कोषाध्यक्ष एवं ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालक संस्था गाेरखा मिडिया नेटवर्क प्रालिका उपाध्यक्ष कुमार रम्तेल लगायतलाई ७ दिनभित्र तिर्न कार्यालयले निर्देशन दिएको हो ।

कर नतिर्ने कम्पनीको सूची


क्लिकमान्डु