हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बिमालेख नवीकरण गर्नेलाई जरिवानामा शतप्रतिशतसम्म छुट दिने



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बिमालेख नवीकरण गर्दा बिमितलाई जरिवारनामा शतप्रतिशतसम्म छुट दिने भएको छ ।

इन्स्योरेन्सले साविकको प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट बिमा गराएका बिमितलाई नवीकरणमा छुट दिने निर्णय गरेको हो ।

यी कम्पनीहरुबाट बिमा गरे पनि नवीकरण नभइ व्यतित भएका बिमालाई पुनर्जागरण वा नवीकरण गर्दा लाग्ने बिलम्ब शुल्कमा छुट दिएको हो ।

कम्पनीले व्यतित भएको ३ वर्षसम्मका बिमामा बिलम्ब शुल्क वापतको ब्याज/जरिवाना शतप्रतिशत छुट दिने भएको छ । यो सँगै ३ वर्ष माथि देखि ५ वर्ष सम्मका लागि ५० प्रतिशत, ५ वर्ष देखि ७ सम्मका लागि ३५ प्रतिशत र ७ वर्ष देखि माथिका अवधिका लागि २५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।

इन्स्योरेन्सले माघ १६ गतेदेखि २५ गतेसम्म नवीकरण गर्ने बिमितलाई मात्रै शुल्कमा छुट दिने छ ।

यसरी व्यतित बिमालेख नवीकरणमा बिमितले एक पटकमात्रै नवीकरणमा छुट पाउनेछन् । यसरी बिमा नवीकरण गराएका बिमितले बिमालेख नै त्याग गर्न चाहेमा नवीकरण गरेको दुई वर्षभित्र गर्न सक्नेछन् ।

बिमालेख सरेण्डर गर्ने बिमितको संख्या बढ्न थालेपछि कम्पनीले छुट दिएरै बिमितलाई नवीकरणका लागि बोलाएको हो ।


क्लिकमान्डु