बाँदर नियन्त्रणका लागि रुख काट्ने पोखरा महानगरको १९ नम्बर वडाको निर्णय, चर्को आलोचना



काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर १९ ले बाँदर नियन्त्रणका लागि रुख कटान गर्ने निर्णय गरेको छ ।

पोखरा महानगरअन्तर्गतको साविक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको र हाल प्रदेश सरकारले आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रण सम्बन्धि नीति पास गरेको भन्दै उक्त वडाले रुख कटान गर्ने निर्णय गरेको हो ।

सोमबारको मितिले १० दिन भित्र ‘मेरो रुख म काटछु’ भन्ने अभियान संचालन गरि आ- आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरु कटान गरि प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्याउनको साथै आ-आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउनको वडा कार्यालयले अनुरोध गरेको छ ।

तर, बाँदर नियन्त्रणका लागि रुख कटान गर्नु दुखद् रहेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।


क्लिकमान्डु