खुल्लामञ्चमा फुटबल मैदान नबनाउन माग गर्दै सीडीओलाई ज्ञापनपत्र



काठमाडौं । खुल्लामञ्चमा फुटबल मैदान नबनाउन माग गर्दै अकुपाइ टुँडिखेलले ज्ञापनपत्र बुझाएको छ ।

सोमबार अकुपाइ टुँडिखेल अभियानले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै टुँडिखेललाई खुल्ला राख्न माग गरेको हो ।

विजय श्रेष्ठ संयोजक रहेको अकुपाइ टुँडिखेलले काठमाडौं महानगरपालिकाले दुईवटा फुटबल ग्राउण्ड बनाउन लागेको भन्दै त्यसलाई रोक्न माग गरिएको छ ।

खुल्ला मञ्च सभा सम्मेलन गरी आएको ऐतिहासिक क्षेत्र रहेको र लोकतान्त्रिक गणतन्त्र् नेपाल प्राप्तिका लागि महत्वपूर्ण क्षेत्र तथा जिवन दायिनीसमेत रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

दुईवटा फुटबल ग्राउण्ड निर्माण हुँदा यहाँ अन्य कार्यहरु हुन नसक्ने र सो क्षेत्रको पर्याप्त प्रयोग समेत नहुने स्थिति देखिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । जनताले इतिहासदेखि आफ्नो हकअधिकारको लागि आवाज राख्ने ठाउँमा नमास्न बरु यसमा केही निर्माण गर्नुको साटो घाँसे मैदान बनाइ हाल ताला लगाइ रहेको खुल्ला मञ्च जनताको लागि खुल्ला गर्न आग्रह गरिएको छ ।


क्लिकमान्डु