अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैनः मन्त्री बस्नेत



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् ।

सोमबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको बताए ।

नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरीहरु रहेको र ति कमजोरीहरुलाई हटाएर अघि बढ्न आवश्यक रहेको उनले बताए।

जनसंख्या बढीरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरु पनि बढ्दै जान आवश्यक रहेको उनले बताए । देशमा कामै नपाउने अवस्था रहेको बताउँदै उनले दक्ष जनशक्ति नहुने र आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अफ्ठ्यारो भइरहेको बताए ।

मन्त्री बस्नेतले आगामी दिनमा मासिक २० लाखसम्म पारिश्रमिक पाउने जनशक्ति बनाएर विदेश पठाउने बताए ।


क्लिकमान्डु