सेयर बजारमा दोहोरो अंकको सुधार आउँदा परिसूचकले २१ सय बिन्दु पार गर्यो, हाइड्रोमा बढ्यो आकर्षण



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजारमा दोहोरो अंकको सुधार आउँदा लगानीकर्ताको बढी आकर्षण भने जलविद्युत कम्पनीमा गएको छ ।

कारोबारमा जलविद्युत समूहको उपसूचक १.०८ प्रतिशतले बढेको छ । यस्तै अन्य समूहको उपसूचक १.६४ प्रतिशतले बढेको छ भने विकास बैंक ०.०७, वित्त ०.४९, होटल ०.११, लगानी ०.९८, जीवन बिमा ०.७२, उत्पादन तथा प्रशोधन समूहको ०.६४, ट्रेडिङ समूहको उपसूचक ०.४४ प्रतिशतले बढेको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ०.७४, माइक्रोफाइनान्स ०.०५, निर्जीबन बिमा समूहको उपसूचक ०.११ प्रतिशतले घटेको छ ।

कारोबारमा बजार मापन गर्ने सूचक १०.२६ अंकले बढेर परिसूचक २१०४.७२ बिन्दु कायम भएको छ । यो दिन बजारले २१ सयको मनोवैज्ञानिक अंक पार गरेको छ ।

कारोबारमा १५० कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ कम्पनीको घटेको छ । ३११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७०५ कित्ता सेयर ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा युनियन हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने अरुण काबेली, मिड सोलु हाईड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट तहमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको ६० करोड १६ लाख ७१ हजार ८०९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र हाथवे इन्भेष्टमेन्ट कम्पनी रहेको छ ।


क्लिकमान्डु