गुम्यो एलन मस्कको विरासत, को बन्यो विश्वको धनी ?



एजेन्सी । विश्वकै सबैभन्दा धनी व्यक्तिको शीर्ष स्थानबाट एलन मस्कको विरासत गुमेको छ ।

फ्रान्सेली अर्बपति तथा एलभिएमएचका सीइओ बर्नार्ड अरनाल्ट विश्वकै धनी व्यक्ति बनेका छन् । टेस्लाको सेयर गिरावटका कारण मस्कको सम्पत्तिमा कमी आएको हो ।

फोर्ब्सको रियल टाइम बिल्यनियर्स सूचीकाअनुसार अरनाल्टको नेटवर्थ २०७ बिलियन अमेरिकी डलर पुगेको छ । उनको सम्पत्ति ०.०३ प्रतिशत अर्थात ७१ मिलियन अमेरिकी डलरले वृद्धि भएर २०७ बिलियन अमेरिकी डलर पुगेको हो । मस्कको नेटवर्थ भने २०४ बिलियन अमेरिकी डलर रहेको छ ।

त्यस्तै, तेस्रो स्थानमा रहेका अमेजोनका मालिक जेफ बेजोसको सम्पत्ति १८१ बिलियन अमेरिकी डलर रहेको फोर्ब्सले जनाएको छ ।

यो सूचीको ११ औं नम्बरमा भने छिमेकी देश भारतका अर्बपति व्यवसायी मुकेश अम्बानी रहेका छन् । उनको सम्पत्ति ११०.८ बिलियन अमेरिकी डलर पुगेको छ । गत वर्षको तुलनामा उनको सम्पत्ति ६.१६ प्रतिशत वृद्धि भएर ६.४ बिलियन अमेरिकी डलर पुगेको छ ।


क्लिकमान्डु