काठमाडौं-तराई द्रुतमार्गमा रोजगारीको अवसर



काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनामा ८ जनालाई रोजगारीको अवसर खुलेको छ ।

नेपाली सेनाले निर्माण गरिरहेको द्रुतमार्ग सडक आयोजनामा वृक्षारोपण हेरालुका रुपमा ८ जनालाई करार सेवामा रोजगारी खुलाइएको हो । नेपाली सेनाकाअनुसार साधारण लेखपढ गर्न सक्ने तथा बोटविरुवा रोपाई तथा हेरबिचार सम्बन्धि ज्ञान भएकाहरुका लागि यो रोजगारीको अवसर खुलाइएको हो ।

सामान्य शारीरिक जाँच तथा अन्तर्वार्तामार्फत वृक्षारोपण हेरालु छनोट गरिने सेनाले जनाएको छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १४ र १७ तथा कोहल्वी नगरपालिका वडा नम्बर ५ र निगजढ नगरपालिका ५ का विभिन्न क्षेत्रमा काम गर्ने गरि रोजगारीमा आवद्ध गराइने सेनाले दिएको छ ।

रोजगारीमा आवद्ध हुनेहरुलाई १९ हजार ८ सय रुपैयाँ पारिश्रमिक दिइने सेनाले जनाएको छ । सेनाकाअनुसार पदमा इच्छुकले आगामी १५ दिनभित्रमा आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु