गायिका रचना रिमाल सवार गाडीलाई ट्रकले ठक्कर दियो



फाइल तस्बिर

काठमाडौं । गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ । आइतबार अपराह्न पौने ५ बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको ट्रकले उनी सवार गाडीलाई ठक्कर दिएको थियो ।

नेपालगन्जबाट दाङको लमहीमा जाँदै गरेकी रिमाल सवार गाडी दुर्घटनामा परेको हो । लमहीमा आयोजना भएको महोत्सवमा जाँदै गर्दा बाँकेको सिक्टानजिकै बाप्र ०३.०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल सवार ना१६च ८३४३ नम्बरको स्कार्पीयोलाई ठक्कर दिएको हो ।

गाडीमा रिमालसहित तीनजना सवार थिए । गाडीमा क्षति पुगे पनि आफूहरु सकुशल रहेको रिमालले जनाएकी छन् ।

‘आज नेपालगन्ज विमानस्थलबाट दाङ लमही महोत्सवमा जाँदै गर्दा हामी सवार गाडीलाई विपरित दिशाबाट आइरहेको ट्रकले ठक्कर दियो,’ उनले भनिन्, ‘गाडीमा केही क्षति पुगेको छ । यात्रुहरु हामी सबै सकुशल छौँ ।’

आज लमही महोत्सवमा हुने भनिएको आफ्नो साङ्गितिक प्रस्तुति भोलि रहने रिमालले जनाइन् ।


क्लिकमान्डु