विमानस्थलमा उच्च गतिको इन्टरनेट र फोन सेवा, सबै यात्रुलाई निःशुल्क सुविधा



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा उच्च गतिको इन्टरनेट र फोन सेवा प्रयोग गर्न पाइने भएको छ ।

यस्तो सेवा सबै यात्रुलाई निःशुल्क हुने गरी विमानस्थल भन्सार कार्यालय र नेपाल टेलिकमबीच आइतबार सम्झौता भएको छ । सम्झौताअनुसार भन्सार एरियामा उच्च गतिको इन्टरनेट र निःशुल्क फोन कल सुविधा उपलब्ध हुने छ ।

भन्सार चेकजाँचपछि जुनसुकै यात्रुले आफ्नो पहिचान खुलाई निःशुल्क इन्टरनेट सेवा साथै फोन सेवा उपयोग गर्न सक्ने सम्झौतामा उल्लेख गरिएको छ ।

यसबाट नेपालको सिम कार्ड नभएका तथा फोन नभएका यात्रु ,पर्यटक तथा सम्पूर्ण सेवाग्राही लाभान्वित हुने अपेक्षा गरिएको टेलिकमले जनाएको छ ।


क्लिकमान्डु