मकाउ पठाइदिन्छु भन्दै २ लाख ७० हजार ठगी गर्ने एक जना पक्राउ



काठमाडौं । मकाउ पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जका ५३ वर्षीय पृथ्वीराज सिग्देललाई पक्राउ गरेको हो । सिग्देलले वैदेशिक रोजगारीको लागि मकाउको प्रतिष्ठित कम्पनीमा पठाइदिने भन्दै ९ लाख रुपैयाँ माग्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय जनाएको छ ।

सिग्देलले राम्रो तलब हुने विश्वास दिलाइ प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी जम्मा दुई लाख ७० हजार रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेको कार्यालयले जनाएको छ ।

उनको थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु