एमालेले एकीकृत समाजवादीलाई कमजोर बनाउने प्रयास गरिरहेको छ: माधव नेपाल



काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनभित्र उलटफेर ल्याउने एमालेको प्रयासलाई आफूहरुले असफल बनाएको दाबी गरेका छन् ।

सत्तारुढ दलभित्रै सहकार्य गरेर आफ्नो पार्टीलाई कमजोर बनाउने एमालेको प्रयासलाई आफूहरुले असफल बनाएपछि राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले असफल भएको उनको जिकिर थियो ।

आइतबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्तारुढ दलहरु एकजुट भएर अघि बढ्दा पनि कोशी प्रदेशमा सत्तारुढ दलकै भोट क्रस भएर एमालेले एक सिट जित हासिल गरेको विषय अहिले सत्तारुढ दलभित्र र बाहिर पनि छलफलको विषय बनेको बता

। राष्ट्रिय सभाको निर्वाचनमा पनि एमालेले आफ्नो पार्टीलाई कमजोर बनाउने प्रयास गरेको आरोप समेत लगाए ।

‘राष्ट्रियसभाको निर्वाचन यसै बीचमा यही माघ ११ गते सम्पन्न भएको छ । राष्ट्रिय सभाको १९ पदमा भएको निर्वाचनमा सत्तारुढ दलको गठबन्धनले आपसी समझदारीमा भागबण्डा गरेका थिए । तर कोशी प्रदेशमा महिला कलष्टरमा गठबन्धनको भोट क्रस भएर सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) को प्रतिनिधिलाई हराउँदै नेकपा एमालेका प्रतिनिधि निर्वाचित भएर जित हासिल गरेको स्थिति छ, ‘ उनले भने, ‘ नेकपा एमालेले गठबन्धनमा रहेका दलहरुसँग सहकार्य गर्ने र गठबन्धनलाई कमजोर बनाउने नीति लिएको थियो ।’


क्लिकमान्डु