हकप्रद निष्कासन गर्दा नबिकेको ३२ लाख १७ हजार कित्ता सेयर लिलामी गर्दै घलेम्दी हाईड्रो



काठमाडौं । घलेम्दी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको बाँकी सेयर आजदेखि लिलाम बढाबढमा बिक्री गर्ने भएको छ ।

कम्पनीले मंसिर १० देखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो । सर्वसाधारणलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि आवेदन परेको थियो ।

बाँकी रहेको ३२ लाख १७ हजार ७२४ कित्ता सेयरको लिलामी आजदेखि सुरु भएको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्रमा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।

न्यूनतम १०० देखि अधिकतम सबै कित्तामा आवेदन दिन सकिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । आवेदन माघ २३ गतेसम्म दिन सकिने छ । आवेदन बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका विभिन्न कार्यालयबाट दिन सकिने छ ।


क्लिकमान्डु