टाटाले बढाउँदै यात्रुवाहक गाडीहरुको मूल्य, ईभीको पनि बढ्ने



एजेन्सी । भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सले आफ्ना पेसेन्जर भेइकल (यात्रुवाहक गाडीहरु)को मूल्य फेब्रुअरी १ बाट वृद्धि गर्ने भएको छ । कम्पनीले लागतमा वृद्धि भएको कारण देखाउँदै आफ्ना गाडीहरुको मूल्यमा वृद्धि गर्न लागेको हो ।

टाटाले आफ्ना ईभी, पेट्रोलियम तथा अन्य सम्पूर्ण किसिमका गाडीहरुको मूल्य बढाउन लागेको हो । कम्पनीले जारी गरेको विज्ञप्तीकाअनुसार सम्पूर्ण गाडीहरुमा समग्रमा ०.७ प्रतिशत मूल्य वृद्धि हुने जनाएको छ ।

टाटाले जारी गरेको विज्ञप्तिकाअनुसार यो मूल्य वृद्धिको कारण लागतमा भएको वृद्धिलाई कम गर्न रहेको छ ।

चालु आर्थिक वर्ष सन् २०२४ को तेस्रो क्वाटरमा टाटाले आफ्नो बिक्री ९ प्रतिशत वृद्धि भएको जनाएको छ । कम्पनीकाअनुसार टाटाले विश्वभरमा ३ लाख ३८ हजार १७७ वटा गाडीहरु बिक्री गरेको बताएको छ ।

यहि अवधिमा यात्रुबहाक गाडीहरु (पेसेन्जर भेइकल)को बिक्री पनि ५ प्रतिशतले वृद्धि भएर १ लाख ३८ हजार ४५५ वटा पुगेको छ ।

टाटाले सन् २०२४ लागेसँगै यो दोस्रो पटक मूल्यवृद्धि गर्न लागेको हो । यसअघि टाटाले १० डिसेम्बर २०२३ मा जानकारी दिँदै कर्मसियल गाडीहरुको मूल्यमा ३ प्रतिशतको वृद्धि गर्ने जनाएको थियो ।

टाटाको उक्त घोषणा १ जनवरी २०२४ बाट लागु समेत भएको थियो । पुनः एक महिना नबित्दै टाटाले फेरि गाडीहरुको मूल्यमा ०.७ प्रतिशतको वृद्धि हुने जनाएको छ ।


क्लिकमान्डु