काठमाडौंको केही स्थानमा ५ घण्टासम्म विजुली अवरुद्ध हुने



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंको केही स्थानमा एक सातासम्म बिजुली अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले सूचना जारी गर्दै बिजुली अवरुद्ध हुने जनाएको हो ।

प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार आइतबार विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विजुली अवरुद्ध हुनेछ । प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भुमिगत गर्नका लागि तोकिएको क्षेत्रमा समय मिलाएर बिजुली आपूर्ति बन्द गर्न लागेको हो ।

यो सूचना अनुसार ७ गते बालुवाटार फिडर अन्तर्गत महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा बिजुली जानेछ । यस्तै ८ गते तारेभिर फिडर अन्तर्गत चपली घुम्ती चोकदेखि बूढानीलकण्ठसम्मको क्षेत्र, ९ गते चुनिखेल फिडरअन्तर्गत गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्र, १० गते शिवपुरी फिडर अन्तर्गत चपली घुम्ती चोक र पासीकोट क्षेत्रमा बिजुली जानेछ ।

यस्तै ११ गते गणेशस्थान फिडरअन्तर्गत चपली भंगाल, चपली घुम्ती चोकदेखि भद्रकाली स्कुलसम्मको क्षेत्र, १२ गते महाराजगञ्ज १ फिडर अन्तर्गत गोल्फुटार ह्याम्स हस्पिटलसम्म र १३ गते चुनीखेल फिडर अन्तर्गत गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्रमा बिजुली अवरुद्ध हुनेछ ।


क्लिकमान्डु