१ अर्ब लगानीमा ३ सय शय्याको रविन्द्र मेमोरियल अस्पताल बन्दै



काठमाडौं । मधेश प्रदेशको धनुषास्थित जनकपुरधाम उपमहानगरपालिका २३ मा रविन्द्र मेमोरियल अस्पताल बन्ने भएको छ ।

गनिनाथ गोविन्द्र हेल्थ फाउन्डेसन प्रालिले उक्त अस्पताल निर्माणका लागि प्रस्ताव गरेको हो । कम्पनीले अस्पतालको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) पनि पेस गरेको छ ।

२०७२ मा दर्ता भएको फाउन्डेसनले निर्माण गर्न लागेको अस्पताल ३ सय शय्याको रहने इआईए रिपोर्टमा उल्लेख गरिएको छ ।

२४ सै घण्टा आकस्मिक सेवा र फार्मेसी सेवा प्रदान गर्नुका साथै, आउटडोर सेवा, निदात्मक सेवा (एक्सरे, सिटि स्क्यान आदी), प्रयोगशाला, अपरेसन थिएटर, प्याथोलोजी सेवालगायतका सेवाहरु प्रदान गरिने रिपोर्टमा उल्लेख गरिएको छ ।

१ अर्ब लगानीको अनुमानित लागत राखिएको अस्पताल पुरानो भवनलाई रेक्टोफिटिङमार्फत पूर्वाधार तयार गरिने इआईए रिपोर्टमा उल्लेख गरिएको छ ।

अस्तालमा प्रति बेड क्षेत्रफल ५६.९३ वर्ग मिटर छुट्याइएको छ । त्यस्तै, १३०० वर्ग मिटरको पार्किग क्षेत्र पनि छुट्याइएको छ । अस्पताल निर्माण गरि सञ्चालनमा आएसँगै ३७५ जनाले रोजगारी पाउने इआईए रिपोर्टमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु