हुन्डी र सुन करोबारको आरोपमा व्यापारी अग्रवालसहित ४ पक्राउ, सवा २ करोड बरामत



काठमाडौं । हुन्डी र सुन कारोबारको आरोपमा कपडा व्यापारी नरेश अग्रवालसहित चार जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले बिहीबार राति अग्रवाललाई पक्राउ गरेको हो ।

विभागको टोलीले क्षेत्रपाटीस्थित उनको निवासमा छापा मारी २ करोड नगद सहित पक्राउ गरेको हो । अग्रवालको समूहले हुण्डी र सुनको कारोबार गर्दै आएको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको विभागले जनाएको छ ।

‘२ करोड २० लाख बढी रकम फेला परेको छ’ अनुसन्धान विभागका डीएसपी प्रदीप राइले भने ।

उनीहरुमाथि सुन र हुण्डी कारोबारमा संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको हो । उनीहरुको साथबाट २ करोड २० बढी नेपाली रुपैयाँ र तीन हजार अमेरिकी डलर बरामद भएको विभागले जनाएको छ ।

नरेश अग्रवाल क्षेत्रपाटीमा कपडा पसल चलाउँदै आएका थिए । पक्राउ परेका अन्य तीन जनाबारे भने खुलाइएको छैन ।

अग्रवाललाई लामो समयदेखि निगरानीमा राखिएको थियो । अहिले उनलाई राजस्वको हिरासतमा राखिएको छ ।


क्लिकमान्डु