आज दिनभर ललितपुरका यी ठाउँमा बिजुली नहुने



काठमाडौं । आज ललितपुर जिल्लाका विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै आज बिहान १० देखि दिउँसो ४ बजेसम्म ललितपुरका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने जनाएको हो ।

चापागाऊ फिडर पाटनले चिवहाल गेटदेखि सिमाको चोकसम्म चापागांऊ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने कार्य गर्नुपर्ने भएकाले विद्युत् सेवा बन्द हुने प्राधिकरणको सूचनामा जनाइएको छ ।

गोदावरी नगरपालिकाको वडा नम्बर ११, १२ १३, ५ र ६ लेले, टिकाभैरव, नल्लु चापागाउ, टाखेल, ठेचो, झरुवारासि लगायतका स्थानहरुमा आज दिनभर लोडसेडिङ हुनेछ ।


क्लिकमान्डु