निजी क्षेत्रले काम गर्ने प्रतिबद्धता जनाए सरकारले सहयोग गर्छ: उर्जा मन्त्री
काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बस्नेतले उर्जा विकासमा निजी क्षेत्रको योगदान ६० प्रतिशत रहेको बताएका छन् ।
स्वतन्त्र उर्जा उत्पादकहरुको सस्था ईप्पान डेको अवसरमा आयोजित कार्यक्रममा उनले निजी क्षेत्रको माग पूरा गर्न सरकार प्रयत्नशिल रहेको बताए । पछिल्लो दशकमा ८ सय बाट २९ सय मेगावाट उत्पादन क्षमता पुगेको बताए ।
करिब २६ लाख उपभोक्ताले २० युनिटभन्दा कम विद्युत नि:शुल्क उपभोग गरेको उनको भनाइ छ । नेपालमा ४७ लाख ग्राहक रहेको र त्यसको ५० प्रतिशतले नि:शुल्क बिद्युत उपभोग गरेको बताए । मन्त्री बस्नेतले अबको ३/४ महिनामा करिब ५०० मेगावाट बिजुली प्रणालीमा जोडिने उनले बताए ।
आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने तयारी रहेको भए पनि त्यसले मात्रै राष्ट्रिय आवश्यकता पूरा नहुने उनको भनाइ छ । विद्युत वितरण प्रणाली पुरानो भएकाले त्यसमा सुधान गर्नुपर्ने उनको भनाइ छ ।
विद्युत विधेयक संसदीय समितिमा छफलफमा रहेको मन्त्री बस्नेतले जानकारी गराए । निजी क्षेत्रले आफू यति काम गर्छु भन्ने प्रतिबद्धता लिएर आए सरकारले त्यसका लागि सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।