उर्जा उत्पादन गरेर व्यापारमात्र होइन, आन्तरिक उपभोगको क्षेत्र बढाउनु पर्छ: उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार र निजी क्षेत्रले लगानी बढाउन आवश्यक रहेको बताएका छन्।

स्वतन्त्र उर्जा उत्पादकहरुको सस्था (ईप्पान) डेको अवसरमा यसका लागि सरकार तयार रहेको उनले बताए । अब उर्जाको विकाससँगै पर्यटन, कृषि र पूर्वाधारको विकास पनि सँगसँगै लैजाने उनले बताए ।

उर्जा उत्पादन गरेर व्यापार मात्रै गर्दा दिशा सही हुन नसक्ने भन्दै यसको आन्तरिक उपभोगको क्षेत्र बढाउनु पर्ने उनले बताए । देशमा विद्युत खपत कसरी बढाउने भन्ने बिषयमा सोच्न आवश्यक रहेको उनको भनाइ छ ।

ग्रिन डेभलपमेन्टको अवधारणा लिन सके देश विकासको बाटोमा जाने श्रेष्ठले बताए । अन्तरिक खपत बढाउन सरकारले नीति निर्माण लगायतका तहमा काम गरिरहेको उनको भनाइ छ ।

लगानी सम्मेलनमा उर्जा क्षेत्रलाई कसरी अघि बढाउने भनेर काम भइरहेको उनको भनाइ छ ।

उर्जा उद्यमीलाई सुरक्षामा कुनै पनि कमि हुन नदिने मन्त्री श्रेष्ठको दाबी छ ।


क्लिकमान्डु