इप्पान कार्यसमितिले पायो वैधानिकता, मल्ल समूहले दायर गरेको रिट खारेज



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को नयाँ कार्यसमिति विरुद्ध परेको रिट खारेज भएको छ ।

उच्च अदालत पाटनले आज (बुधबार) इप्पानमा अध्यक्षका आकांक्षी किरण मल्लको समुहले दायर गरेको मुद्दाको रिट खारेज गरेको हो । यो रिट खारेजसँगै इप्पान कार्यसमितिले बैधानिकता पाएको छ ।

बुधबार उच्च अदालतका न्यायाधीशद्वय लेखानाथ पौडेल र बद्री प्याकुरेलको संयुक्त बेच्नले मल्ल समूहले दायर गरेको रिटमा
दाबी नपुगेको भन्दै रिट निवेदन खारेजी गरेको हो ।

गत जेठ ३२ गते सम्पन्न साधारणसभाले गणेश कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेपछि मल्लको समुह असार २५ गते अदालतमा निर्वाचित कार्यसमिति, निवर्तमान अध्यक्ष, र महासचिव, निर्वाचन समिति सहित जिल्ला प्रशासन कार्यालय ललितपुरलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका थिए ।

उक्त समूहले वर्तमान कार्यसमितिलाई काम गर्न नदिनु भन्दै दायर गरेको मुद्दामा ६ महिना पछि सुनुवाइ भएको हो ।


क्लिकमान्डु