केडिया ग्रुपको महावीर ओभरसिजको व्यापार १३ प्रतिशतले घट्यो, २ अर्बको कारोबार



काठमाडौं । केडिया ग्रपद्वारा सञ्चालित महावीर ओभरसिजको व्यापार १२.७१ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ७ प्रतिशतले घटेको हो ।

सन् २०२२ मा २ अर्ब ५० करोड १० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले २०२३ मा २ अर्ब १८ करोड ३० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको छ ।

कम्पनीले सन् २०२१ मा २ अब ३३ करोड ८० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ७३ करोड २० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब ५६ करोड रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले वार्षिक १८ हजार २५० मेट्रिक टन दाल प्रशोधन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले ‘यसोदा’ र ‘उत्तम’ ब्रान्डको दाल प्याकेजिङ गरेर नेपाली बजारमा बिक्री गर्दै आएको छ ।

कम्पनी महावीर होल्डिङ प्रालि र महावीर इन्टरनेशनल प्रालिको सहायक कम्पनी हो । कम्पनीले विभिन्न प्रकारका दालजन्य पदार्थ आयात गरी प्रशोधन गर्दै आएको छ । मुक्तिकुमार अग्रवाल र अंकित केडियाको स्वामि

रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २० करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ ।
सन् २०२३ मा व्यापार घट्दा नाफामा पनि प्रभाव परेको छ ।

कम्पनीले सन् २०२३ मा ७ प्रतिशत नाफा कमाएको छ । जसमा कम्पनीले सन् २०२० को तुलनामा करिब ४ प्रतिशत कम नाफा कमाएको छ ।


क्लिकमान्डु