सेयरधनीको हात खाली बनाएको लिवर्टी इनर्जीका यी हुन् ठूला सेयरधनी



काठमाडौं । सेयरधनीको हात खाली बनाएको लिवर्टी इनर्जी कम्पनीको साधारणसभा सम्पन्न भएको छ ।

कम्पनीको अध्यक्षमा डा. आत्मराम घिमिरे रहेका छन् । यस्तै सञ्चालमा श्याम बहादुर खड्का, राजेन्द्र वस्ती, पुरुषोत्तम घिमिरे, कविता पोखरेल, लोचन कोइराला र स्वतन्त्र सञ्चालकमा अनुज्ञा सापकोटा रहेकी छिन् ।

गत आवमा कम्पनीले सञ्चालकलाई १ लाख २० हजार भत्ता दिएको छ । कम्पनीले सञ्चलाक सतिमिका अध्यक्षलाई प्रति बैठक भत्ता ७ हजार ५०० र सञ्चालकलाई ५ हजार दिने गरेको छ ।

कम्पनीमा सञ्चालकहरुमध्ये अध्यक्ष घिमिरेको ८ लाख, सञ्चालक खड्काको १ लाख २५ हजार, वस्तीको २ लाख २५ हजार, पुरुषोत्तम घिमिरेको २० हजार, कामना होल्डिङ्स प्रा.लि (प्रतिनिधिः लोचन कोइराला)को ३०० कित्ता सेयर स्वामित्व रहेको छ ।
संस्थामा कुशकुमार जोशीको ४ लाख ८७ हजार ३७५ कित्ता, शुसिला थापाको ४ लाख ३९ हजार, राम बहादुर पाण्डेको ३ लाख कित्ता सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु