वाणिज्यद्वारा २ पसलबाट साढे २ लाख जरिवाना



काठमाडौं । सरकारले दुई व्यापारिक प्रतिष्ठानलाई साढे दुई लाख रुपैयाँ जरिवाना गराएको छ ।

बजार अनुगमनको क्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार कस्मेटिक र २ व्यापारिक प्रतिष्ठानलाई साढे २ लाख रुपैयाँ जरिवाना गराएको हो ।

नयाँ बानेश्वरस्थित कस्मेटिक पसलबाट २ लाख र सोही स्थानको रेडिमेड तथा थान कपडा पसलबाट ५० हजार रुपैयाँ विभागले जरिवाना गरेको छ । आइतबार विभागले ५ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरिएको थियो ।


क्लिकमान्डु