१६ औं पञ्चवर्षीय योजनामा सांसदहको सुझाव समेट्न अर्थ समितिको निर्देशन



फाइल तस्बिर

काठमाडौं । सांसदहरुले दिएका सुझाव आगामी १६ औं पञ्चवर्षीय योजनामा समेट्न अर्थ समितिले राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकपश्चात समिति सभापति सन्तोष चालिसेले योजना आयोगलाई यस्तो निर्देशन दिएका हुन् ।

राष्ट्रिय योजना आयोगले बनाउने हरेक योजना स्रोत सुनिश्चिताका आधारमा बनाउन आवश्यक रहेको उनले बताए । मुलुक खाद्यान्नमा आत्मनिर्भर बनाउने भनि रहँदा ५ अर्बको चामल खरिद भइरहेको उनको भनाइ छ ।

मुलुक खाद्यान्नमा आत्मनिर्भर बनाउनको लागि उत्पादनलाई प्रोत्साहन गर्न आवश्यक रहेको भन्दै यस्तो विषयलाई १६ औं योजनामा समावेश गर्नुपर्ने उनले बताए ।


क्लिकमान्डु