भियतनामी ईभी कम्पनी विनफास्टले भारतमा कारखाना बनाउँदै



एजेन्सी । भियतनामी विद्युतीय गाडी निर्माता कम्पनी विनफास्टले भारतमा आफ्नो उत्पादन कारखाना खोल्ने भएको छ । शनिबार उक्त कम्पनीले भारत सरकारसँग सम्झौता गर्दै भारतको दक्षिणी राज्य तमिलनाडुमा आफ्नो उत्पादन कारखाना स्थापना गर्ने जनाएको हो ।

विनफास्टले ५ सय मिलियन अमेरिकी डलर (६६ अर्ब २५ करोड ४० लाख नेपाली रुपैयाँ) भारतमा लगानी गर्न लागेको हो । सोही प्रक्रियामा पहिलो चरणको काममा भारत सरकार र उक्त कम्पनीबीच सम्झौता भएको छ ।

सम्झौताकाअनुसार कम्पनीले आफ्ना इभी र ब्याट्रीहरुको उत्पादन कारखाना तमिलनाडुमा खोल्नेछ । यसका लागि आगामी एक वर्षसम्म भने कारखाना निर्माणकै काम हुने बताइएको छ । उक्त कम्पनीको भारत प्रवेशले कम्तीमा ३ हजार देखि ३५ सय जनासम्म स्थानीयलाई रोजगारी प्रदान हुने सम्झौतामा उल्लेख गरिएको छ ।

सन् २०१७ मा स्थापीत र सन् २०२१बाट इभी बनाइरहेको यो कम्पनी अन्तराष्ट्रिय बजारमा उदाउँदो कम्पनीका रुपमा दिइएको छ । भारतको तमिलनाडुमा निर्माण हुने कम्पनीको कारखानाबाट वर्षमा १ लाख ५० हजार इभी उत्पादन हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु