१५ आयोजनालाई विद्युत प्राधिकरणले पीपीएको रोलक्रमबाट हटायो



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गर्न नआएका विभिन्न १५ आयोजनाका प्रवर्द्धकलाई रोलक्रमबाट हटाएको छ ।

तोकिएको अवधिभित्र निवेदन प्राप्त नभएको, प्राप्त निवेदनमा रितपूर्वक आवश्यक कागजात र दस्तावेज संलग्न भएकाले पीपीएको प्रक्रिया अगाडि बढाउन नसकिने प्राधिकरणले जनाएको छ ।

आवश्यक कागजात नबुझाएका ती आयोजना अधिकांश नदी प्रवाही प्रकृतिका छन् । विद्युत् व्यापार विभागका अनुसार ती आयोजनाको कूल क्षमता दुई सय १५ मेगावाट छ ।

प्राधिकरणले माथिल्लो त्रिशूली दोस्रो, एक सय दुई मेगावाट, चमेलिया छटिगाड ८५ मेगावाटलगायत आयोजना छन् । ती आयोजनाको प्रवर्द्धकलाई रोलक्रमबाट हटाएपछि प्राधिकरणले छवटा आयोजनाका प्रवर्द्धकलाई पीपीए प्रक्रियामा आउन आग्रह गरिएको छ । ती आयोजनाको क्षमता दुई सय २८ मेगावाट बराबर छ ।

प्राधिकरणले आगामी १५ दिनभित्र प्राधिकरणका सम्पर्क राख्न सूचित गरेको छ । प्राधिकरणको २०७९ साल माघ २६ को नौ सय ३०औँ बैठकले नदी प्रवाही आयोजनाको अधिकतम सीमा छ हजार सात सय ५० मेगावाट नपुगेसम्म ग्रीड ‘कनेक्सन एग्रिमेन्ट’को रोलक्रमका आधारमा पीपीए गर्ने क्रममा रहेका आयोजनालाई प्राथमिकता दिने निर्णय गरेको थियो ।


क्लिकमान्डु