जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी



एजेन्सी । जापानमा शक्तिशाली भूकम्प मापन गरिएको छ । भूकम्पपछि समुद्र आसपासको क्षेत्रमा सुनामीको चेतावनीसमेत जारी गरिएको छ ।

जापानको मौसम विज्ञान एजेन्सी(जेएमए) का अनुसार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पको झट्का पश्चिम जापानको इशिकावा प्रान्तमा मापन गरिएको थियो । भूकम्प स्थानीय समयअनुसार सोमबार अपराह्न ४ बजेर २१ मिनेटमा आएको हो।

भूकम्पपछि समुद्रको जलस्तर खतराको चिह्नसम्म पुगेको जापान टाइम्सको समाचारमा उल्लेख गरिएको छ ।

जापानको एनएचके ब्रोडकास्टका अनुसार जापान सागर तटका साथ निगाटा, टोमाया, यामागाटा, फुकुई र ह्योगो प्रान्तमा पनि सुनामीको चेतावनी जारी गरिएको छ ।

जापानी मौसम विभागका अधिकारीहरुले सुनामीका कारण समुन्द्रको छाल ५ मिटर माथिसम्म उठ्न सक्ने चेतावनी दिएका छन् । सरकारले ति स्थानका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।


क्लिकमान्डु