म्याग्नस फर्माले गर्‍यो १ अर्ब ११ करोड रुपैयाँको व्यापार



काठमाडौं । म्याग्नस फर्माले सन् २०२३ मा १ अर्ब ११ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब ११ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब १ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २००७ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका औषधी उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

सुधीरप्रकाश मास्के प्रबन्ध निर्देशक रहेको कम्पनीको व्यापार सन् २०२२ को तुलनामा केही मात्राले घटेको छ । सन् २०२२ को तुलनामा कम्पनीको नाफा २०२३ मा १० प्रतिशतले घटेको उल्लेख छ । कम्पनीले सन् २०२३ मा १३ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ।

देशभर म्याग्नसका दुई सय स्टकिस्ट छन् । कम्पनीले २९ विधामा १९० प्रकारका औषधी उत्पादन गर्दै आएको छ ।

कम्पनीले उत्पादन क्षमता बढाउनका लागि उद्योग विस्तारको काम अघि बढाएको जनाएको छ । निर्माण कार्यमा ६० करोड खर्च हुनेछ । जसमा कम्पनीले ९० करोड ८९ लाख रुपैयाँ दीर्घकालीन तथा अल्पकालीन कर्जाको रेटिङ गराएको छ ।

कम्पनीले सन् २०२५ को पहिलो त्रैमासिकसम्ममा सञ्चालनमा ल्याउने गरी उद्योग विस्तार गरिरहेको छ । कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरेर औषधी उत्पादन गर्दै आएको छ ।


क्लिकमान्डु