सिंगटी हाइड्रो इनर्जीको हकप्रद सेयरमा आवेदन दिन कहिलेसम्म सेयरधनी बन्ने ?



काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न बुक क्लोजको मिति तय गरेको छ ।

कम्पनीले पुस २२ गते बुक क्लोज गर्ने भएको छ । २२ गते भन्दा अघिल्लो कारोबार दिनसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीलाई धितोपत्र बोर्डले १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ हुनेछ ।


क्लिकमान्डु