५२ वर्षदेखि सत्तामा रहेकी डेनमार्ककी रानीद्वारा गद्दी त्यागको घोषणा



एजेन्सी । ५२ वर्षदेखि सत्तासित रहेकी डेनमार्ककी रानी मार्गेट द्वितियले गद्दी त्यागको घोषणा गरेकी छिन् ।

नयाँ वर्षको अघिल्लो दिन डेनमार्कमा टेलिभिजनमार्फत वक्तव्य दिएकी उनले अचानक गद्दी त्यागको घोषणा गरेकी हुन् । उनले आफूपछि जेठो छोरा तथा तत्कालीन राजकुमार फेकरिकलाई गद्दी सुम्पिने जनाएकी छिन् ।

८३ वर्षीय मार्गेटले सन् १९७२ मा सत्तारोहण गरेकी थिइन् । आइतबार साँझ भने उनले ५९ लाख मानिसहरुले टेलिभिजनमा उनको भाषण सुनिरहेको बेला गद्दी त्यागको घोषणा गरेकी हुन् । आफू जनवरी २०२४ भित्रमा गद्दीबाट हटेर छोरालाई सुम्पिने उनले जनाएकी छिन् ।

गत फेब्रुअरीमा भएको उनको ढाडको शल्यक्रियाको विषयलाई उदृत गर्दै उनले आफूमा भविष्यका लागि सोच्नुपर्ने अवस्था आएको र नयाँ पुस्तालाई जिम्मेवारी सुम्पिने समय आएको बताएकी छन् ।

उनले भनिन्, ‘मलाई लाग्छ, यो नै उचित समय हो । जनवरी १४, २०२४ मा मैले आफ्नो बुबाबाट गद्दीको जिम्मेवारी लिएको ५२ वर्षपछि म रानीको पदबाट बाहिर निस्किँदै छु र मेरो गद्दी छोरालाई दिनेछु ।’


क्लिकमान्डु