कुलमानलाई उद्योगीको चुनौती: प्रमाण दिए महसुल तिर्न तयार छौं



काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन प्रभावित उद्योगीहरूले लोडसेडिङको समयमा तालिका अनुसार मात्रै बिजुली प्रयोग गरेको दाबी गरेका छन् ।

पत्रकार सम्मेलनमा उनीहरुले प्राधिकरणले आयोगले तोकेको सर्त अर्थात डेडेकेटेडको हकमा २४ घण्टा निर्वाध र निरन्तर तथा ट्रकको हकमा ६ घण्टा लोडसेडिङ भएको समयमा २० घण्टा निरन्तर बिजुली आपूर्ति गरेको प्रमाण दिएमा कानुन अनुसार प्रिमियम दरको छुट महसुल तिर्न तयार रहेको जनाएका छन् ।

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत उपभोग गरेको तर त्यसबापतको प्रिमियमसहितको महशुल नतिरेको भन्दै २३ उद्योगको बिजुली काटेपछि उद्योगीहरुले पत्रकार सम्मेलन गरिरहेका हुन् ।

प्राधिकरणमा निवेदन दिँदै लोडसेडिङको समयमा डेडिकेट्रेडेड ट्रकलाइनबाट बिजुली लिएका ग्राहकबाट प्रिमियम शुल्क असुल गरिनु पर्ने उनीहरुको माग छ । अनुमति नलिई बिजुली प्रयोग गर्ने ग्राहकलाई विद्युत चोरी नियन्त्रण ऐन अनुसार कारबाही गर्न समेत माग गरेका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार पत्रकार पत्रकारसम्मेलन गर्दै डेडिकेटेड एवं ट्रंक लाइनवापतको बिजुलीको बिल नतिर्ने उद्योगहरुको लाइन काट्ने चेतावनी दिएको भोलिपल्ट थप १४ उद्योगको लाइन काटेका थिए ।
पहिलो चरणमा १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ वटा उद्योग र त्यसपछि ५ गरी ९ वटा उद्योगको लाइन काटिएको थियो । शुक्रबार काटिएका १४ उद्योगकोसँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका २३ वटा ग्राहकहरुको लाइन काटिएको छ ।


क्लिकमान्डु