बलात्कार मुद्दामा क्रिकेटर लामिछाने दोषी ठहर, सजाय तोक्न फेरि सुनुवाइ हुने



काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेमाथिको अभियोग पुष्टि हुने फैसला शुक्रबार गरेको हो ।

तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले सजाय तोक्न भने फेरि सुनुवाइ हुनेछ ।

न्यायाधीश ढकालको इजलासमै हुने अर्को सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । क्रिकेटर लामिछानेमाथि १६ महिनाअघि नाबालिगलाई बलात्कार गरेको अभियोगमा मुद्दा चलाइएको थियो ।


क्लिकमान्डु