सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुनको मूल्य १ लाख २२ हजार रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख २० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार १ सय रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर १४ सय ५५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु