फर्जी बिल जारी भएको छैन: कुलमान



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले बिजुलीको फर्जी बिल नकाटेको दाबी गरेका छन् । डेडिकेटेड र ट्रंक लाइनका सम्बन्धमा फर्जी बिल काटेको भन्दै आलोचना भइरहेका बेला घिसिङले यस्तो दाबी गरे ।

‘प्राधिकरणसँग एम्पावर, लकबुक र टीओडी मिटर तीनवटै तथ्यांक सुरक्षित छन्,’ उनले भने, ‘खपत नै नगरेको बिजुलीको बिल पठायो भनेर जुन आरोप लगाइएको छ, त्यो गलत हो ।’

बिलिङ सफ्टवेरमा टीवान, टीटु र टीथ्री हरेक बिलको प्रमाण प्राधिकरणसँग सुरक्षित भएको उनको भनाइ छ ।

‘उद्योगी साथीहरुले जति युनिटको सामान्य दर तिर्नुभएको छ, मैले त्यसैमा प्रिमियम लगाएको मात्रै हूँ,’ घिसिङले भने ।


क्लिकमान्डु