नेपालबाट ल्हासामा हिमालयन एयरलाइन्सको सिधा उडान सुरु



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चीन र नेपालको सम्बन्धमा नेपाल लासा सिधा हवाई उडान दोस्रो सेतुकोरुपमा स्थापित भएको बताएका छन् ।

बिहीबार हिमालयन एयरलाइन्सको काठमाडौं ल्हसा उडानको उद्घाटन गर्दै मन्त्री किराँतीले अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु भएको र हिमालयनको ल्हासा उडान दोस्रो सेतु भएको बताए ।

‘सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो । त्यसैले, अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ । अब दोस्रो प्रमुख सेतु हुनेछ- नेपालबाट तिब्बतमा हुने सोझो हवाइ उडान ।’

तिब्बतको ल्हासामा प्रति वर्ष लगभग १ करोड पर्यटकहरु घुम्न आउने गर्छन् जसमध्ये ठूलो सङ्ख्या चिनियाँ बौद्ध धर्मावलम्बीहरुको हुने गरेको जसको २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्र्याउन सकियो भने अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उनले बताए ।

नेपाल र चीनबीचको सम्बन्धमा केही ऐतिहासिक व्यक्तिले कोशेढुङ्गाको काम गरेको उनले बताए ।

पाँचौँ शताब्दीमा बुद्धभद्रले बुद्धसूत्रको अनुवाद गर्दै चीनमा बुद्धधर्मको प्रचार गर्ने काम गरेको र सातौँ शताब्दीमा बेहुली बनेर तिब्बत गएकी राजकुमारी भृकुटीले नेपाली कला र संस्कृतिलाई तिब्बतभर छर्ने काम गरेको उनले बताए ।

१३ औँ शताब्दीमा अरनिकोले चीनलाई कर्म थलो बनाएर नेपाली बास्तुकलालाई चीनमा परिचित गराएका थिए । चिनियाँहरुले गौतम बुद्ध जन्मिएको देश र एक असल मित्र राष्ट्र भनेर मान्ने गरेको उनको भनाइ छ । एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता रहेको मन्त्री किराँतीले बताए ।

कुन्मिङ, बेइजिङ, साङ्घाई क्विङ्डाओ, चोङ्कुइङ,कुन्मिङ पछि ल्हसामा समेत गरेर ६ गन्तव्यमा उडान हुन थालेको हो । यससँगै ल्ह्वसामा उडान गर्ने पहिलो विदेशी कम्पनीको रुममा हिमालाइन एयरलाइन्स रहेको छ ।


क्लिकमान्डु