एक भारतीयसहित ४ कम्पनी कालोसूचीमा



काठमाडौं । एक भारतीयसहित ४ निर्माण व्यवसायी कम्पनी कालोसूचीमा परेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय, मध्यपहाडी राजमार्ग योजना कार्यालय कुश्मा पर्वतबाट कालो सूचीमा राख्न लेखि पठाएपछि १ भारतीय सहित ४ कम्पनीलाई कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ ।

कालीसूचीमा पर्नेमा भारतको पश्चिम बंगालको एम.पी सितानी एन्ड सन्स, सुर्खेतको एम.पी/एस.सी.एफ/ई.सी.सी जे.भी, सुर्खेतकै सूर्य कन्स्ट्रक्सन फर्म प्रालि, काठमाडौं सुकेधारस्थित एलिट कन्स्ट्रक्सन र मोरङको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रा.लि छन् ।

विभिन्न आयोजनाको ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीहरूलाई सार्वजनिक खरिद अनुगमनको कार्यालयले दुईदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको जनाएको छ ।


क्लिकमान्डु