आईसीएफसी फाइनान्सले राख्यो १ लाख ९३ हजार कित्ता संस्थापक सेयर लिलामीमा



काठमाडौं । आईसीएफसी फाइनान्सले दुई संस्थापक सेयर लगानीकर्ताको १ लाख ९३ हजार २ सय २८ कित्ता सेयर लिलामीमा राखेको छ ।

कम्पनीका लागि बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी र श्री गणेश प्रोपर्टिज एन्ड इन्भेस्टमेन्टको सेयर लिलामीमा राखेको हो ।

प्रतिकित्ता १७५ रुपैयाँका दरले श्री गणेश प्रोपर्टिज म्यानेजमेन्टको स्वामित्वमा रहेको १ लाख ६ सय १२ कित्ता र प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको ९२ हजार ६ सय १६ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

इच्छुक लगानीकर्ताले न्यूनतम् मूल्यदेखि बोलकबोलमा सहभागी हुन पाउनेछन् । इच्छुक लगानीकर्ताले न्यूनतम् १० हजार कित्तादेखि माथिका लागि पुस १९ सम्म कम्पनीको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको कार्यालयमा बोलपत्र पेस गर्नुपर्नेछ ।


क्लिकमान्डु